Posts

जागीर चरीलाला, ग्याँस अन गर । चरीलाल, चिया बसा, आधा कप दुध, आधा कप पानी , चिनी कम । हस म्याम । चरीलाला चिया कपमा राख म उहाँलाई लग्दीन्छु । "प्रिय, खल्लो चिया बिहान बिहानै, के हो यस्तो ?" चरीलाल, तलाई चिया बनाउननी आउन्न? बिहान बिहानै सर को मुड बिगरिस। सुनेर चरीलाल दुखी भयो केही बोलेन । चरीलाल, कुक्कर ले र आ ! हस म्याम चरीलाल, चामल राख, पानी राख, ग्याँसमा बसा । हस म्याम । चरीलाल, दाल बसा, फ्रीजमा जे तरकारी छ राम्ररी पका । चरीलाल, खाना टेबलमा राख । हस म्याम । "प्यारी, खाना स्वादीस्ट छ ।" अनी म बिहान बिहानै उठेर आफ्नै हातले तपाईका लागी बनाईदिएकोनी । छेउमा उभिएको चरीलाल मुसुक्क  हाँस्यो नदेखीने गरी ।

केही लघुकथाहरू

महँगी आकासिदो बजारभाऊ, भाउको तुलोलाई कमाईले नउछीनेपछी मास्टर र उनकी श्रीमतीले सल्लाह गरे खर्च पु-याउनलाइ भित्रीकुराहरुको खर्च कम गर्ने । बिहानकको खाना बन्द , मासिक घुम्न जान रोक, बाथरुममा साबुन सस्तो, छोटो दुरी पैदल, पाहुनानहुदाको खानाको स्तर कम । किनमेलमा भित्री भन्दा बाहीरी कुराहरुलाई प्राथमीकता ताकी सामाजीक स्तरमा गिरावट नआउनेगरी । आफ्नो औकातलाई भुलेरै बाहीरी दुनीयाँको रवाफमा रम्नुपर्ने बाध्यता । नत मोटरसाईकल बेचेर साइकिलमा हिड्न सक्थे उनी न छोरालाई महँगो स्कुल छुटाएर आफ्नोमा भर्ना गराउन सक्थे । मुल्यले उनको सबैकुरा छीनाउँदै गयो क्रमस.......... मास्टर को गन्जी र मास्टरनीको भित्री लुगा घटे र गर्भनिरोधका चक्हिरुसमेत । यो जाडोमा मास्टर पुरानै मोजाले चलाए र दाल बिनाको भातमा चित्त दुखाएनन । फलत अर्को बर्षको बजेट भाषणमा मुल्यबृद्धी घटाउने नेताको आवाज भन्दा पहीले उनीहरु फेरी अर्को छोरा जन्माएकोमा भित्र भित्र दुख मनाउदै हाँसे । किताब नेपाली लेखकको एउटा पुरानो संकरणको किताब बुवाले माग्नुभयो र मैले खोजेर हुलाक मार्फत अमेरीका पोष्ट गरीदिएँ । दुइ हप्तापछी एउटा हुलाक नजीकैको पुराना पुस्तक पसल भ
Image
जेठको उरान्ठाउलो गर्मीमा बेस्मारी चलेको तातो हावालाइ आफ्नो आँसु र पसीनाले मत्थर पार्देथिइन । दिनभरी कामको थकाई । साँझ खाना खानु मन पनी लागेन उनलाई । बाह्र बजीसक्दापनी बुबा घर नभएको रापीलो अन्धकार साँच्चीकै दिक्क लाग्दो थियो । म भन्दा अगाडी तीनपल्ट यो बेदना को सामना गरीसकेकी उनलाई बीस महीना अगाडीको मात्र पनी सम्झना थियो । जेठो दाजुर त्यसपछाडीका दुर्इ दीदी कान्छी सायद दुध चुस्दै थिइ, निदाईसकेका थिए । यसअर्थमा अनुभबी उनलाई पुरा ज्ञान थियो यसका बारेमा । र पनी दुःख दिन चाहीनन कोहीछिमेकीलाई मध्यरातमा । छटपटाईन, टाउको समाईन । धैर्यतानहो समयले छिनोफानो गर्नुपर्ने कुरामा ढिलामात्र गरेजस्तो लाग्यो उनलाई । भित्र छिरीन, दलान बाट कतीखेर एउटा पुरानो गुन्द्री तानीन, ओच्छाईन र पल्टिइन । खुट्टा तन्काईन । हातले पिढींको माटो कोपरीन । नङ्गको कापमा माटो छि-यो । बेदना खटाइरहीन, थुन्न खोजीरहीन आवाज । मेरो आठबर्षिय दाजुले थाहा पायर होला आमाले आज किन यसो गरीन?  उ ऊठ्यो र निद्रामा मन नलागी नलागी रोयो कसैको गुहार पाउन सायद ठुलो स्वरमा । आमालाई पत्तो समेत भएनकी उ रोइरहेको छ । उनीत मुखका छालालाई खुम्च्यायर सरीरला

साथ

आधाबाटो हिडीसकेपछी रुख सुक्यो बोक्रा छुट्टीयो गुलीयो सकीयो सिन्का बच्यो बाटो चिरीयो मन फुट्यो तिमीलाइ सफर गर्नुथीयो मलाई यात्रा सुकिलो घामको चहकीलो छायाँझै उद्दश्य निर्दिष्ट थियो हावा साँधेर हिमाल देखी लहरीयको प्यारो गण्डकीको बगरमा गाडीएको चितामा पुग्ने ।। बथान देखी हरायको साँङले चराझै कुरा अश्पस्ट थियो पुग्ने कहीले ??????

जिन्दगी

रातभरी झरीले लिथ्रीक्क भिजायो, साझ खाना पनी खानु पाएको होइन । यो सानो झुत्रो पलाष्टिकले कती पो थेगोस । आफुलाइ मानीस बनेर सडकमा जन्मनुमा धिक्कार संझीयो । फेरी कोल्टो फेर्‍यो । झरी पनी हामी जस्तै सडके हरुलाइ पर्छकी क्या हो ? मनको सबै क्रुरता भगवान प्रती थोपर्दै सुशायो अनायासै । आडैमा आफुजस्तै निदाईरहेका अरुलाइ नियाल्यो । सालेहरु हिजो पेटभरी खान पाएका जस्तै छन मनको सानो रोष संग लोभलाइ साँध्यो । मनमनै भनी नसक्दै उसका आँखा नजीकैको कुकुरमा प¥यो । बिना ओडेने मस्त सुतीरहेको थीयो नजीकै घुरी घुरी । हान्नलाइ खुट्टा के उचालेको थियो संझियो सालेको पनी जीन्दगी हो यार, योपनी म जस्तै सडकमै जन्मिीएको त हो ? मनमनै प्रश्न ग¥यो । उसलाइ लाग्यो त्यो कुकुरको जीवन आफ्नो भन्दा कयौँ ज्यादा राम्रो छ । न खानेको चिन्ता न निदाउनेको सुर्ता । आज पुरै उज्यालो नहुदै अर्धनिद्रामै उसको दिन सुरु भयो । तर आज केही पृथक लाग्यो दिन, सडक खचाखच थीयो । मान्छे कोचाकोच थिए कुनै जात्रा हुन सक्थ्यो । फेरी संधैझै दैनीक धन्धामा लाग्यो । आजको कमाई अलीक ज्यादा भएकोमा भगवानलाई धन्यवाद दियो । खाना किनेर केही बचायो पनी, खादै थियो एउटा कुकु

अदल

म त्यस्तै ५,६ मा पढ्दा तीरको कुरा हो एकदिन त्यो समयका बिद्रोही हरुले मेरो गणित शिक्षक लाई मारिदीय । समचार बिद्यालय पुगे पछाडी थाहा पाएँ । स्कुल छुट्टि भयो हामी सबै घरतीर लाग्यौ गाँउ भरी डरले आफ्नो भयंकर रुप लीइसकेको थियो । सबैले हामीतीर बिचराको नजरले हेर्थे । मलाई भने डर भन्दा खुसी धेरै लागेको थियो एकातीर बिदामा पौडीखेल्न जानुको मजा त त्यो भन्दा पनी मर्ने सर अली क्रुर हुनुहुन्थ्यो र म गणितमा कमजोर । त्यसैले म लगाएत धैरैले उहाँलाइ मन पराउन्नथ्यौँ । घरमा आउँदा साथ आमालाई यो खवर सुनाँय । उहाँ बढीनै ब्यग्र हुनुभयो सायद असान्तिको झड्काले मेरो खुसि भन्दा उहाँलाइ पि¥यो होला । मलाई बाहीर नहिड्नु भन्दै उहाँ स्कुल तिरै लाग्नु भयो । मलाई थाहा थियन र छैन पनी की उहाँलाइ मार्नेमा मार्नुको कारण के र को थियो । म भने बदलाको स्वाद चाखी रहेको थियँ । मलाइ अझै सम्म थाहा छैनकी म किन दुखी भइन । तर आज छु त्यही कुराको लागी । किनकी म पनी अहीले गणित शिक्षक हुँ र मलाइ डर लागी राख्छ प्रत्यक निक्रोस अनुहार सँग, त्यो दीन म खुसी हुनुको पालो अब यिनीहरु संग र कारक म.....।

चुरोट

बिहानीको चिसो सिरेटो छिलेर सयौ प्रयासपछि मात्र जुरेको थियो यो दिन । सहर परको एउटा मन्दिर सहीतको जंगलमा । मन्दिर निहुँ थियो त जंगल लुकामारी खेल्ने मैदान । क्याम्पसको गेटको ढुकाई र क्यान्टीनको छोटो हासीठट्टा लाई बृहत बनाउनु थियो रबिनलाई आज । धन्य भगवान यो मिठो क्षणको लागी सारा चीसोलाई बिर्षन तयार छु । सहरदेखि एक घण्टा को समयमै साझा बसले झार्दिन्थ्यो र त सजीलो बनेको थियो डेटिङ्गका लागी । प्रेम फैलिएको मात्र थियो झागिएको थिएन । यसको मतलब उसकी प्रेमीकालाई उसले राम्रोसंग स्पर्श गर्न पाएको थिएन र त यसदिनका लागि कयौ अथक प्रहरहरु झेल्नु परेको थियो उसले । कहीले गोलपोष्ट सही दिसामा हुन्नथ्यो त कहीले उसले राम्रो मुभ गराउन सक्थेन । सधै बिहानदेखि यसबेलासम्म पाँचौ चुरोट वुत्ताएर छैठौ चियाको गिलास रीताउने रबिनलाई तलतल र लाज दुबै ले च्यापेको थियो । या त तलतल को नशा पुरै त्याग्नु पथ्र्यौ या उनलाई यो कुराको पर्दाफास गराउनुपथ्र्यौ । एक घण्टाको यात्राको बिश्रामसंगै आएको रणभुमिको पहीलो लक्ष्य चिया बनाए दुवैले । प्रस्ताव नचाहीने थियो पुष थियो त्यही नै पर्याप्त थियो । एक गिलास चिया खन्याई सके पछाडी ग