Posts

Showing posts from February, 2012

जिन्दगी

रातभरी झरीले लिथ्रीक्क भिजायो, साझ खाना पनी खानु पाएको होइन । यो सानो झुत्रो पलाष्टिकले कती पो थेगोस । आफुलाइ मानीस बनेर सडकमा जन्मनुमा धिक्कार संझीयो । फेरी कोल्टो फेर्‍यो । झरी पनी हामी जस्तै सडके हरुलाइ पर्छकी क्या हो ? मनको सबै क्रुरता भगवान प्रती थोपर्दै सुशायो अनायासै । आडैमा आफुजस्तै निदाईरहेका अरुलाइ नियाल्यो । सालेहरु हिजो पेटभरी खान पाएका जस्तै छन मनको सानो रोष संग लोभलाइ साँध्यो । मनमनै भनी नसक्दै उसका आँखा नजीकैको कुकुरमा प¥यो । बिना ओडेने मस्त सुतीरहेको थीयो नजीकै घुरी घुरी । हान्नलाइ खुट्टा के उचालेको थियो संझियो सालेको पनी जीन्दगी हो यार, योपनी म जस्तै सडकमै जन्मिीएको त हो ? मनमनै प्रश्न ग¥यो । उसलाइ लाग्यो त्यो कुकुरको जीवन आफ्नो भन्दा कयौँ ज्यादा राम्रो छ । न खानेको चिन्ता न निदाउनेको सुर्ता । आज पुरै उज्यालो नहुदै अर्धनिद्रामै उसको दिन सुरु भयो । तर आज केही पृथक लाग्यो दिन, सडक खचाखच थीयो । मान्छे कोचाकोच थिए कुनै जात्रा हुन सक्थ्यो । फेरी संधैझै दैनीक धन्धामा लाग्यो । आजको कमाई अलीक ज्यादा भएकोमा भगवानलाई धन्यवाद दियो । खाना किनेर केही बचायो पनी, खादै थियो एउटा कुकु

अदल

म त्यस्तै ५,६ मा पढ्दा तीरको कुरा हो एकदिन त्यो समयका बिद्रोही हरुले मेरो गणित शिक्षक लाई मारिदीय । समचार बिद्यालय पुगे पछाडी थाहा पाएँ । स्कुल छुट्टि भयो हामी सबै घरतीर लाग्यौ गाँउ भरी डरले आफ्नो भयंकर रुप लीइसकेको थियो । सबैले हामीतीर बिचराको नजरले हेर्थे । मलाई भने डर भन्दा खुसी धेरै लागेको थियो एकातीर बिदामा पौडीखेल्न जानुको मजा त त्यो भन्दा पनी मर्ने सर अली क्रुर हुनुहुन्थ्यो र म गणितमा कमजोर । त्यसैले म लगाएत धैरैले उहाँलाइ मन पराउन्नथ्यौँ । घरमा आउँदा साथ आमालाई यो खवर सुनाँय । उहाँ बढीनै ब्यग्र हुनुभयो सायद असान्तिको झड्काले मेरो खुसि भन्दा उहाँलाइ पि¥यो होला । मलाई बाहीर नहिड्नु भन्दै उहाँ स्कुल तिरै लाग्नु भयो । मलाई थाहा थियन र छैन पनी की उहाँलाइ मार्नेमा मार्नुको कारण के र को थियो । म भने बदलाको स्वाद चाखी रहेको थियँ । मलाइ अझै सम्म थाहा छैनकी म किन दुखी भइन । तर आज छु त्यही कुराको लागी । किनकी म पनी अहीले गणित शिक्षक हुँ र मलाइ डर लागी राख्छ प्रत्यक निक्रोस अनुहार सँग, त्यो दीन म खुसी हुनुको पालो अब यिनीहरु संग र कारक म.....।

चुरोट

बिहानीको चिसो सिरेटो छिलेर सयौ प्रयासपछि मात्र जुरेको थियो यो दिन । सहर परको एउटा मन्दिर सहीतको जंगलमा । मन्दिर निहुँ थियो त जंगल लुकामारी खेल्ने मैदान । क्याम्पसको गेटको ढुकाई र क्यान्टीनको छोटो हासीठट्टा लाई बृहत बनाउनु थियो रबिनलाई आज । धन्य भगवान यो मिठो क्षणको लागी सारा चीसोलाई बिर्षन तयार छु । सहरदेखि एक घण्टा को समयमै साझा बसले झार्दिन्थ्यो र त सजीलो बनेको थियो डेटिङ्गका लागी । प्रेम फैलिएको मात्र थियो झागिएको थिएन । यसको मतलब उसकी प्रेमीकालाई उसले राम्रोसंग स्पर्श गर्न पाएको थिएन र त यसदिनका लागि कयौ अथक प्रहरहरु झेल्नु परेको थियो उसले । कहीले गोलपोष्ट सही दिसामा हुन्नथ्यो त कहीले उसले राम्रो मुभ गराउन सक्थेन । सधै बिहानदेखि यसबेलासम्म पाँचौ चुरोट वुत्ताएर छैठौ चियाको गिलास रीताउने रबिनलाई तलतल र लाज दुबै ले च्यापेको थियो । या त तलतल को नशा पुरै त्याग्नु पथ्र्यौ या उनलाई यो कुराको पर्दाफास गराउनुपथ्र्यौ । एक घण्टाको यात्राको बिश्रामसंगै आएको रणभुमिको पहीलो लक्ष्य चिया बनाए दुवैले । प्रस्ताव नचाहीने थियो पुष थियो त्यही नै पर्याप्त थियो । एक गिलास चिया खन्याई सके पछाडी ग

एक प्रेम पत्र मेरी मनकी रानीलाइ

भावना पारी कौषौ टाढा कि मेरी मनकी पुजारी इलामको चियाबारी वाट कसरी झुल्कियौ म आफैलाइ थाहा छैन । र पनी किन आफैलाइ अस्तब्यस्त पारी रहेछु । के गर्‍याै आवाजको दुनीयावाट मुटु भित्र छिरेर । छाप छाड्यौ अनी कता हो कता ? पर चिया बगान वाट मुहार नदेखाई तिम्रो मनवाट छुटेका आवाजका समिश्रणतामा टुक्रा टुक्रा सब्दहरुलाइ जोडेर हेरेँ म आफैलै अर्थायथेँ म आउने छु तिमीलाई चिया पकाउनलाई बस त्यती भन्यौ तर सारा लीयौ । खै कता कता बाट । जब तिम्रो समिपता पाएजस्तो लाग्थ्यो आफैले आफ्नै खालका सपनाहरु बुनेर बसेँ । सायद म बेठिक पनी हुन सक्छु । तर त्यो म जान्दिन, जानुँ पनी कसरी तिम्रो म प्रतीको सन्देहनै अनबिज्ञतामा जगडियको छ भने । बस आफैलाइ बिरोधभाषमा होतलेर निशन्देह लाचार बन्न निरीह बनीरहेँ । साँच्ची म अहीले पनी पटक पटक मोवाइल थिच्छु उही आवाज दोहरीन्छ । सम्पर्क हुन सकेन । कती निष्ठुरीताले फ्याँक्छु बिवश मोवाइललाइ परतीर । अनी बिनु, मत बिवश छु । त्यही प्रक्रिया दोहराउन जुन निर्बिघ्न लादीएका छन म माथी । सायदै म बेठिक हुलाँ र त यो सारा दुर्दसा र पागलपनाको खोल आफैलाई ओडाउन लागीपरेको छु । तर पनी यदी मलाइ जस्तै त
Image
जब म सानो थिए मलाइ हावामा उडाउँदै मेर बुवा भजन भन्नु हुन्थ्यो र पनी म फुल्लीन्थेँ र मेरो अनुहारको मुस्कानका लागी आमालाइ नाच्न भन्नुहुन्थ्यो । त्यो नाच अहीलेसम्म रोकिएन, फरक मात्र पहीले मेरा मुस्कानका लागी त्यसपछी निधारका गाँठाका लागी र अहीले मेरा सपनाका लागी र पनी नाच्दै गर्नु भएको छ । जब म सानो थिएँ, मेरो दाजु, मलार्इ घाँसको भारीमाथी राखेर, भन्ने गर्नुहुन्थ्यो जब तँ ठूलो हुनेछस, यो भारी आधा हुनेछ । तर उहाँको भाग्य मात्र आधा बन्यो नत नाम्लोको बोझ घट्यो नत मेरो तौलनै तर पनी त्यो भारी बोक्दै गर्नुभएको छ । जब म सानो थिए, मेरी आमा मलार्इ, काँखमा लिएर आफ्नो आखाको नानी भित्र मेरो तस्बिर देखाउनुहुन्थ्यो अहीले छिपाउनुहुन्छ अाँखा तरपनी म देख्छु मेरो ठाँउमा अाँसुले ठाँउ लीएको जब म सानो थिएँ तन्नेरी बुवा आमाको बुढेसकालको साहारा थिएँ अहीले मैले आफ्नै लागी खोज्दैछु बुढेसकालको साहारा ।।।।।।।।।।।।।।।।।।।।।।।।।।