Posts

Showing posts from August, 2018
जागीर चरीलाला, ग्याँस अन गर । चरीलाल, चिया बसा, आधा कप दुध, आधा कप पानी , चिनी कम । हस म्याम । चरीलाला चिया कपमा राख म उहाँलाई लग्दीन्छु । "प्रिय, खल्लो चिया बिहान बिहानै, के हो यस्तो ?" चरीलाल, तलाई चिया बनाउननी आउन्न? बिहान बिहानै सर को मुड बिगरिस। सुनेर चरीलाल दुखी भयो केही बोलेन । चरीलाल, कुक्कर ले र आ ! हस म्याम चरीलाल, चामल राख, पानी राख, ग्याँसमा बसा । हस म्याम । चरीलाल, दाल बसा, फ्रीजमा जे तरकारी छ राम्ररी पका । चरीलाल, खाना टेबलमा राख । हस म्याम । "प्यारी, खाना स्वादीस्ट छ ।" अनी म बिहान बिहानै उठेर आफ्नै हातले तपाईका लागी बनाईदिएकोनी । छेउमा उभिएको चरीलाल मुसुक्क  हाँस्यो नदेखीने गरी ।