चुरोट

बिहानीको चिसो सिरेटो छिलेर सयौ प्रयासपछि मात्र जुरेको थियो यो दिन । सहर परको एउटा मन्दिर सहीतको जंगलमा । मन्दिर निहुँ थियो त जंगल लुकामारी खेल्ने मैदान । क्याम्पसको गेटको ढुकाई र क्यान्टीनको छोटो हासीठट्टा लाई बृहत बनाउनु थियो रबिनलाई आज । धन्य भगवान यो मिठो क्षणको लागी सारा चीसोलाई बिर्षन तयार छु । सहरदेखि एक घण्टा को समयमै साझा बसले झार्दिन्थ्यो र त सजीलो बनेको थियो डेटिङ्गका लागी ।


प्रेम फैलिएको मात्र थियो झागिएको थिएन । यसको मतलब उसकी प्रेमीकालाई उसले राम्रोसंग स्पर्श गर्न पाएको थिएन र त यसदिनका लागि कयौ अथक प्रहरहरु झेल्नु परेको थियो उसले । कहीले गोलपोष्ट सही दिसामा हुन्नथ्यो त कहीले उसले राम्रो मुभ गराउन सक्थेन । सधै बिहानदेखि यसबेलासम्म पाँचौ चुरोट वुत्ताएर छैठौ चियाको गिलास रीताउने रबिनलाई तलतल र लाज दुबै ले च्यापेको थियो । या त तलतल को नशा पुरै त्याग्नु पथ्र्यौ या उनलाई यो कुराको पर्दाफास गराउनुपथ्र्यौ । एक घण्टाको यात्राको बिश्रामसंगै आएको रणभुमिको पहीलो लक्ष्य चिया बनाए दुवैले । प्रस्ताव नचाहीने थियो पुष थियो त्यही नै पर्याप्त थियो । एक गिलास चिया खन्याई सके पछाडी गन्तव्य प्रस्थान गरे । संगैकी देवीलाई दुवैले ढोगे । फर्किएर जूत्ता लगाए कुराहरु साँचेर राखेको थिए दीनभरीलाई र त मौन थिए दुवै बिहान भेटेदेखि अहीले सम्म । केही लजाएका पनि थिएहोलान् ।


आज घाम देखिने छाँटकाँट छैन । हात गोजीबाट झिक्न सके पो । चिया खादाँ साथ उडाइसक्ने तिन इन्च चुरोट लाई लास्टै मिस गर्दै थियो रबिन । मन्दिरको कम्पाउण्डको बाहिरै बस स्टयाण्डनेरै एउटा नाङलेपसल र पसल्नी आमाको मायालाग्दो हेराइलाई घुटुक्क थुक निल्दै तलतिर झ¥यौ । स्टेशनको पाँचवटा गाडी र यक्ति एउटा नाङ्लो पसल संगै पर एउटा दाई ठेलामा फुल बेचीरहेको थियो । त्यसलाई पार गरेर स्पट झर्नको लागी दस पाइला जत्ति अगाडी गएर तल झर्नुपथ्र्यौ त्यहाँ नै दिन कटाउन या भावना हरु क्रय बिक्रय गर्नसक्थे उनिहरु । तर हठात नौ पाइलामै रबिन रोकियो ।


‘‘निशा एकछिन है ।”


उ अल्लमल्ल परी । हिडीरहेको दिशादेखि पुरै एक सय असी डीग्रीको कोणमा रबिन फर्किदैथियो । धेर्य धेरै गर्नुपरेन मिनेट भर पनि नसकिदै हातमा चुरोट र लाईटर संगै अर्ध ब्यग्र भावमा रबिन फर्कियो । जसले निशाको मुखाकृत केही बिगा¥यो


‘‘तिमी चुरोट......... ।”


रुन्चे बालकको झै चमकता गुमाएको रबिन खिस्स हाँस्दै बोल्यो


‘‘सरी निशा ।”


‘‘तिमिले यो छोड्नु पर्छ ।”


‘‘छाडिन भने ?”


निशा केही बोलिन । केही गुमाएको जस्तो मुद्रामा ।


‘‘तिमि भन्दा प्यारो लाग्छ यार यो चुरोट । ”


प्रत्येक संयतालाई त्यागेर एक्कासी आवेशको भावमा भिष्मले प्रतिज्ञा गरेझै निशा झडकिई । कुमको झोला तल स¥यो र उ निर्विरोध साहसी शैलीमा अगाडी बढी जुन दिशामा गाडी हिड्ने तयारी गर्दै थियो ।


केही सोच्न नसकेको रबिन सल्काएको चुरोट लाई तान्न पनि सकेन एक हातको लाइटर र अर्को हातको तिन इन्चको चुरोट छोडिदै गयो केवल हावामा उसले त्यही बस तिर हेरिरह्यो । बास्तममै उसले गल्ती महसुस गरीरहेको आफुलाइ तर धिक्कार्दे थिएन ।


निशा फर्किइ फिल्मीशैलीमा (स्लो मोशनमा) फिस्स हाँस्यो रबिन तर हाँसो धेरै टिक्न सकेन । उ नजीकीदै गई यती नजीक की उसको स्वास समेत रबिनले महसुस गर्न सक्यो यसबेला उसले आफु साँच्चै प्रेममा भएको महसुुस गर्दे थियो ।


‘‘सरी नो प्रोबोलम.......।”


बोल्दै उसको हातको लाईटर खोसी । उसले हातमा लिएर आएको सिगरेट ओठको दाँया भागले च्यापी अगाडी आएको कपाललाई झट्कार्दै पछि सारि र एक हातले हावालाई छेक्न गोल पारेर लाइटर माथी मिलाई अर्को हातले पत्थर घुमाइ, झ्यार््र आवाज संगै लाइटर धिप्प बलेर निभ्यो । एकचोटी हात बेस्सरी झट्कारी र लाइटर हल्लाई अघिकै तरिका दोहोराई लाईटर बल्यो चुरोट जल्यो धुवाँ नीस्कीयो जुन मुख हुदै पुरै घाँटीको सहायताले भित्र छिराई र विस्तारै आफु भित्रको धुवाँलाई मुक्ती दिदै गई मुखबाट .......नाकबाट ।


आखाँ नझिम्काई आखाँ जुधाइरहेका रबिनको हातको फिल्टरमात्र बाँकी रहेको चुरोट भुइँमा झ¥यो । निशाको नरोकीएको असालिनतालाई पछाडी पारेर ठिक निशाकै शैलीमा उसकै पाराले रबीन अगाडी बढ्यो । केही मीनेटमै बसले उसलाई ओझेल पा¥यो । सेकेण्डमै बस अगाढी हुक्तियो ।


खलासी ले निशा लाइ हेर्दे भट्टायो


‘‘दिदि तपाँइ चाहिँ नजाने ?”

Comments

Popular posts from this blog

जिन्दगी