केही लघुकथाहरू



महँगी


आकासिदो बजारभाऊ, भाउको तुलोलाई कमाईले नउछीनेपछी मास्टर र उनकी श्रीमतीले सल्लाह गरे खर्च पु-याउनलाइ भित्रीकुराहरुको खर्च कम गर्ने । बिहानकको खाना बन्द , मासिक घुम्न जान रोक, बाथरुममा साबुन सस्तो, छोटो दुरी पैदल, पाहुनानहुदाको खानाको स्तर कम । किनमेलमा भित्री भन्दा बाहीरी कुराहरुलाई प्राथमीकता ताकी सामाजीक स्तरमा गिरावट नआउनेगरी । आफ्नो औकातलाई भुलेरै बाहीरी दुनीयाँको रवाफमा रम्नुपर्ने बाध्यता । नत मोटरसाईकल बेचेर साइकिलमा हिड्न सक्थे उनी न छोरालाई महँगो स्कुल छुटाएर आफ्नोमा भर्ना गराउन सक्थे । मुल्यले उनको सबैकुरा छीनाउँदै गयो क्रमस.......... मास्टर को गन्जी र मास्टरनीको भित्री लुगा घटे र गर्भनिरोधका चक्हिरुसमेत । यो जाडोमा मास्टर पुरानै मोजाले चलाए र दाल बिनाको भातमा चित्त दुखाएनन ।



फलत अर्को बर्षको बजेट भाषणमा मुल्यबृद्धी घटाउने नेताको आवाज भन्दा पहीले उनीहरु फेरी अर्को छोरा जन्माएकोमा भित्र भित्र दुख मनाउदै हाँसे ।


किताब


नेपाली लेखकको एउटा पुरानो संकरणको किताब बुवाले माग्नुभयो र मैले खोजेर हुलाक मार्फत अमेरीका पोष्ट गरीदिएँ ।


दुइ हप्तापछी एउटा हुलाक नजीकैको पुराना पुस्तक पसल भएर जाँदै थिएँ, त्यो किताव त्यहाँ देख्दा अचम्म लाग्यो, किनेर फेरी पोष्ट गरीदिएँ ।


अर्को केही हप्तामा फेरी संका थम्याउन नसकेर त्यहाँ पसेँ र सोधेँ , पसले ले भित्र भण्डार तीर इसारा गर्यो । हुलाक देखी लीलाम भएका कयौँ किताबहरुको खातमा फेरी भेटेँ त्यो पुस्तक ।

त्यसै दिन समचार आयो बुवाले मलाइ मन पर्ने "मार्खेज" को एउटा कथासंग्रह हुलाक मा पोष्ट गरीसक्नु भएको छ । केही दिनमा म सिधै त्यही पसलतीर हानीएँ किताब ल्याउनलाइ ।

 नेता


बुबा बिश्वस्त थिए । प्रत्यक परिक्षा फलको सुचीमा अगाडी आउने जेठो छोराको भबिष्यप्रती , निर्धक्क छिमेकी संग छाती फुलाएर भन्ने गर्थेः-" यो पछी गएर डाक्टर,पाइलट इन्जीनीय या यस्तै केही बन्ला ।"

मिजासीली छरीती छोरी को गलाराम्रो छ । राम्री छे, उस्तै नाच्छेपनी, पढाई समेत नराम्रो छैन । काका संग बेलाबेला भलाकुसारी गर्दा उनको ओठदेखी यो उत्साह निस्कन्छ र भन्छन:-" फुच्ची पछाडी कलाकार बन्छे क्यारे । नभएपनी भलै गृहश्थि चाँही...........।" खुसीदौडन्थ्यो उनको मुहारमा ।

लाडप्यारमा हुर्कियाको कान्छो । आजै स्कुल भर्ना गरीदीए । छुट्टि नहुदै चाँडै घर फर्कियो , लथालीङ्ग, भताभुङ्ग । लुगा च्यातेर । किताब कापी मिल्काएर । मुखभरी धुलै धुलो । आमाले आत्तिदै भनीन:-" स्कुलकै पहीलो दिन साथीहरुलाई कुटेर रडाको मच्चाएछ बदमास ।" बुढा त्यक्ति बिघ्न निराश बनेनन र भनेः-" यो नेता बन्ने लाएकको छ ।"

निरब


हाँसो बाट्थ्यौ खुसी साट्थ्यौ । सानैमा खुट्टाको चप्पल समेत साटेर लगाएको याद बदलीएको छैन मेरो मथिंगलमा । एक-एक चित्र कुदिँएका छन मेरो मनमा मुर्ति सरी । हुर्कीयौ संगै र संगै बढ्यौ । वल्लो पल्लो घरका हाम्रो ओच्छ्यान समेत बाट्यौ पुरै वाल्यकाल ।




समयले हामीहरुलाई छुट्टाएको बाहना ग-यो । हामीलाई अन्माईयो घरदेखी । तरपनी समयलेनै फेरी मिलायो यो एउटै सहरमा खै कतादेखी हो कुन्नी । हामीले उत्सब मनायौ त्यसका लागी । फेरी एकचोटी मौका घुमेर आयो खुसी र रहरलाई बाट्यौं हामीले यो सहरमा । ठेस, केस, हरेस सम्पुर्ण जे जे हामी संगै सेयर ग-यैा । होस सेयर गर्थ्यौ हामी, प्यास र इतिहाँसै समेत पनी ।




दैब , हिमबाढी भन्दापनी अजङ्ग, डरलाग्दो निरषता ल्याईदीयो हाम्रो हरीयालीमा असिनाले सरी । मेरी प्यारी संगीनीको साहारा लुट्यो दुर्घटना बाहना बनाएर पतीतले । त्यसक्षणपनी रोयौ संगै बाट्यौं दुख । त्यसबेला उसले मलाई भनेकी थिइ-" तँ भएर त म छु , मेरो दुःख लाई आधा पारीदीएर स्वाश फेर्न लाएक बनाएकी छस मलाई ।"




माइती फर्कन पनी नसक्ने मनासाय उसको, पती बियोगको तातो घाउ हुदाँ हुदै उसको कोठामा उ बस्न नसक्ने बिडम्बनालाई पनी महुसुस गरेँ मैले । र मेरो परीवारको अनुमती बिनानै निम्ताएको थिएँ मेरो घरमा उसलाई । मेरा श्रिमान भन्दै थिए त्यसबेला मलाई कलीयुगमा दया गरेर कसैलाई, बन्न नखोज देबता भनेर । सुनीन कसैलाई, मेरो घर, कोठा पनी बाटेरै छाडेँ उ संग यसपाली पनी ।




दैनीकी राम्रै थियो केही दिन । अब बाट्नका लागी नयाँ कुराको धुनमा थिएँ म । तर मलाई मात खुवायर बदलामा बिस्मातमा पौडि खेलाई दिई उ, हिमाल बनाएर निर्जीब पारीदीई मलाई यसपाली, सानैमा एउटा मिठाई दाँतले दुई पारेर चापे जस्तै सजीलै बाटीदीई सिन्दुर मेरो । अलपत्र म फेरी नखुलेको हाँसो हाँस्न बाध्य छु । एउटै मगंलसुत्रमा अटेर उ संग ।



मेरो देश

त्यस्तै सात बर्षको बालक, पार्क र बसबिसौनी बिचको यो पैदलमार्ग । बैषाखको यो गर्मीलाइ अर्धछेल्ने शिरीषको रुखको फेदमा अडेसलगाएर बस्यो । साधारण रबरको अर्धफाटेको नौ नं को चप्पल, एउटा आधा र अर्को पुरादेखीने गरी लाएको उसको ज्यान भन्दा ठूलो पतलुङ् र कुन रङ्घहो चिन्न नसकीने ज्याकेट उसको हुलीया । दाहीने हात सायद पोलीएर होला पुरै बेकामे थियो । देब्रेहातले भुंइमा उडीरहेको , कुनै फुटपाथे ब्यापारीले कपडा बेचेर मिल्काएको एक बर्ग फिटजतीको लाग्ने कागज उठायो । दोहोरो पत्रलाई दाँत र देब्रेहातको साहाराले फट्टायो । अघिभन्दा दुइगुना बनेको कागजलाई भुईमा बिच्छायो । खुट्टाको चप्पल खोल्यो । र जतन साथ त्यो कागज माथी राख्यो या की त्यसलाइ हावाले असर नगरोस । र सुरुगर्यो अनुग्रह, मान्छे गन्दै । भोको आकृतीको लाग्ने मुखलाई चलाएन दाहीने हातको क्षतीलाई प्रर्दशन गर्यो । र देब्रेहातलाई घुडाँमाथी उत्तानो पारेर तेर्शायो । जसै मान्छे उ भएर जान्थे उ हातलाइ एक इन्च माथी उठाँउथ्यो । ताकी मान्छेहरुले बुझुन उ मागीरहेको छ ।


सयौ मान्छे उसलाइ छिलेर अघी बढे । कुर्ता लगाएका कान्छीहरु, दौरा लगाएका भलाद्यमीहरु । सुटलगाएका दानीहरु, र साडीलगाएका दयालुहरुपनी । कुनै डाक्टर , कुनै रोगी,गाएक,साहीत्यकार जो जो । उ चिन्दैनथ्यो र पनी उ नत निराष देखीन्थ्यो नत हताषनै । घण्टाघरको घडीले अघी भन्दा एक धेरै हान्यो तर उसको आक्रोशतमा कुनै परीबर्तन आएन । अर्को घण्टी हान्नु भन्दा अगाडीनै एक अधबैसे महीलाले उसमाथी दया देखाइन । आफ्नो काँधमाथी बोकेको झोला लाइ तल सारीन र घुडाँ खुम्चाएर अड्याइन । झोलाको चेन खोलीन । पैसा खोतलीन । केही छिनमै उनी त्यो वालक तीर निहुरीन । उसले पैसा पायो । र वालकको मुहार सम्म नहेरी आफ्नो बाटो तताइन । केटो जरक्क उठ्यो चप्पल लगायो । र अगाडी बढ्यो । पलाष्टीक उड्यो । उ नजीकैको नाङ्घलो पसलतीर हानीयो । चुरोट किन्यो, सल्कायो र तान्दै पार्कतीर लाग्यो ।


गाँउ


डाँडाघरे काँइलाको जेठोछोरो काठमाण्डौ छिर्यो डाक्टर पढ्नलाई ,गाँउमा हल्लाचल्यो, चारैतिर चर्चा चल्यो र बिलायो पनी जब डाक्टर बनेर गाँउ फर्किएन । तल्लो थरकी सानी मैयाँ एम. ए पढ्नलाइ सहर छिरीन गाँउभरी उनकै तारीफ । तारीफ सकीएकै महीना अर्को हल्ला चल्यो बिदेश गईन रे, को संगहो बिहे गरेर । गैरी गाँउका जेठाको कान्छो छोरा पत्रकार बन्छु भनेर काठमाण्डौ छिरे , गाँउलेहरु निकैनैखोजे उनलाइ र उनको नामलाइ पत्रिका र रेडियो मा तर निख्ला बने कान र आँखा, कसैले केही दिनपछी सुनायो डिभी परेर अमेरीका उड्यो रे । पिपलबोटे सुब्दारको कान्छी छोरी हिरोनी बन्न काठमाण्डौ छिरीन, सबैका आँखा अब फिल्मी पोष्टरतिर । जो सहर देखी फर्कन्थ्यो गाँउलेहरु झुम्मिन्थे उतैतीर र सोध्थे कान्छीको खवर, तर खवर त आयन तर निकै पछी एउटा मुग्लाने झिल्केले पत्रिका बोकेर ल्यायो जहाँ तिनै कान्छीको नग्न तस्बिरले सजिएको थियो । देख्न पाउने नपाउने सबैतिर लहरायो कुरा र समयसंगै बिलायो त्यो पनी । बाटाउप्रि साँइलीको मिठो गला रत्यौली मेला, पर्ब उसैको वाहावाही, रेडियोमा गित गाँउछु भनेर काठमाण्डौ छिरीन, गाँउका सबै रेडियो हरु खुले उनको नाम संग गाँउको नामको प्रतीक्षा गरेर । तर सबै भिडहरु को कथा दोहोरीयो । कथा लामो बनाउन चाहँदीन यसैगरी हप्ता बित्यो, महीना, बर्षपनी । क्रमस गाँउको अवस्था युवा बिहीन बन्यो । सपना हुनेहरुलाइ नहुनेहरुलाइ सहरले र बिदेसले निल्दै गर्यो गाँउलेहरु निराष बन्दै गए । थाक्दै रहे । रेडीयो बजिरहन्थ्यो, हल्ला चल्थ्यो निभ्थ्यो । आवाज मा कुनै कौतुहलता थियन । दोषि खास गाँउको उर्बरता नै हो कोही भन्थे । उराठ उराठ वन्दे गयो ठाँउ । प्रश्ननै उठ्न थाल्यो गाँउको भबिष्यको ।



अकस्मात एकदिन बजेको तर कसैले नसुनेको रेडियोमा त्यो गाँउको नाम जोडियो र गीत बज्यो । आफ्नै गाँउको भाका । निद्रादेखी ब्युझिएझै सबैको कान ठाडा बने । यहाँ भर्खर गाउँको भाखा बज्यो । तर चिन्न सकेनन आवाज , भुकप्प जस्तै चारैतीर थर्कियो समचार , खियालागेका रेडियो फेरी निक्लीय । नभन्दै केही घण्टामै त्यही भाखामै अर्को गित बज्यो । सबै छक्क परे जिब्रो टोके । अझै अचम्मत तिनी आमा परीन जसले आफ्नो पहीलो सन्तान पनी पाल्न नसकेर काठमाण्डौ कसैको घरमा नोकर बनाएर पठाएकी थिइन । पन्ध्र बर्ष अगाडी छ बर्षको बालकलाइ ।



सजाँय


म त्यस्तै ५,६ मा पढ्दा तीरको कुरा हो एकदिन त्यो समयका बिद्रोही हरुले मेरो गणित शिक्षक लाई मारिदीय । समचार बिद्यालय पुगे पछाडी थाहा पाएँ । स्कुल छुट्टि भयो हामी सबै घरतीर लाग्यौ गाँउ भरी डरले आफ्नो भयंकर रुप लीइसकेको थियो । सबैले हामीतीर बिचराको नजरले हेर्थे । मलाई भने डर भन्दा खुसी धेरै लागेको थियो एकातीर बिदामा पौडीखेल्न जानुको मजा त त्यो भन्दा पनी मर्ने सर अली क्रुर हुनुहुन्थ्यो र म गणितमा कमजोर । त्यसैले म लगाएत धैरैले उहाँलाइ मन पराउन्नथ्यौँ । घरमा आउँदा साथ आमालाई यो खवर सुनाँय । उहाँ बढीनै ब्यग्र हुनुभयो सायद असान्तिको झड्काले मेरो खुसि भन्दा उहाँलाइ पि¥यो होला । मलाई बाहीर नहिड्नु भन्दै उहाँ स्कुल तिरै लाग्नु भयो । मलाई थाहा थियन र छैन पनी की उहाँलाइ मार्नेमा मार्नुको कारण के र को थियो । म भने बदलाको स्वाद चाखी रहेको थियँ ।मलाइ अझै सम्म थाहा छैनकी म किन दुखी भइन । तर आज छु त्यही कुराको लागी । किनकी म पनी अहीले गणित शिक्षक हुँ र मलाइ डर लागी राख्छ प्रत्यक निक्रोस अनुहार सँग, त्यो दीन म खुसी हुनुको पालो अब यिनीहरु संग र कारक म.....।


अदल

रातभरी झरीले लिथ्रीक्क भिजायो, साझ खाना पनी खानु पाएको होइन । यो सानो झुत्रो पलाष्टिकले कती पो थेगोस । आफुलाइ मानीस बनेर सडकमा जन्मनुमा धिक्कार संझीयो । फेरी कोल्टो फे-यो । झरी पनी हामी जस्तै सडके हरुलाइ पर्छकी क्या हो ? मनको सबै क्रुरता भगवान प्रती थोपर्दै सुशायो अनायासै । आडैमा आफुजस्तै निदाईरहेका अरुलाइ नियाल्यो । सालेहरु हिजो पेटभरी खान पाएका जस्तै छन मनको सानो रोष संग लोभलाइ साँध्यो । मनमनै भनी नसक्दै उसका आँखा नजीकैको कुकुरमा प-यो । बिना ओडेने मस्त सुतीरहेको थीयो नजीकै घुरी घुरी । हान्नलाइ खुट्टा के उचालेको थियो संझियो सालेको पनी जीन्दगी हो यार, योपनी म जस्तै सडकमै जन्मिीएको त हो ? मनमनै प्रश्न ग-यो । उसलाइ लाग्यो त्यो कुकुरको जीवन आफ्नो भन्दा कयौँ ज्यादा राम्रो छ । न खानेको चिन्ता न निदाउनेको सुर्ता । आज पुरै उज्यालो नहुदै अर्धनिद्रामै उसको दिन सुरु भयो । तर आज केही पृथक लाग्यो दिन, सडक खचाखच थीयो । मान्छे कोचाकोच थिए कुनै जात्रा हुन सक्थ्यो । फेरी संधैझै दैनीक धन्धामा लाग्यो । आजको कमाई अलीक ज्यादा भएकोमा भगवानलाई धन्यवाद दियो । खाना किनेर केही बचायो पनी, खादै थियो एउटा कुकुर -याल काड्दै खानाका लोभमा नजीक आयो । एक पुरै लात्ती हान्यो । कुकुर डराएर कराउदै भाग्यो । उसले सोच्यो साले पातकी कुकुरको भन्दा मेरो जिवन कयौ ज्यादा राम्रो छ ।

Comments

Popular posts from this blog

जिन्दगी

चुरोट