जेठको उरान्ठाउलो गर्मीमा बेस्मारी चलेको तातो हावालाइ आफ्नो आँसु र पसीनाले मत्थर पार्देथिइन । दिनभरी कामको थकाई । साँझ खाना खानु मन पनी लागेन उनलाई । बाह्र बजीसक्दापनी बुबा घर नभएको रापीलो अन्धकार साँच्चीकै दिक्क लाग्दो थियो । म भन्दा अगाडी तीनपल्ट यो बेदना को सामना गरीसकेकी उनलाई बीस महीना अगाडीको मात्र पनी सम्झना थियो । जेठो दाजुर त्यसपछाडीका दुर्इ दीदी कान्छी सायद दुध चुस्दै थिइ, निदाईसकेका थिए । यसअर्थमा अनुभबी उनलाई पुरा ज्ञान थियो यसका बारेमा । र पनी दुःख दिन चाहीनन कोहीछिमेकीलाई मध्यरातमा । छटपटाईन, टाउको समाईन । धैर्यतानहो समयले छिनोफानो गर्नुपर्ने कुरामा ढिलामात्र गरेजस्तो लाग्यो उनलाई । भित्र छिरीन, दलान बाट कतीखेर एउटा पुरानो गुन्द्री तानीन, ओच्छाईन र पल्टिइन । खुट्टा तन्काईन । हातले पिढींको माटो कोपरीन । नङ्गको कापमा माटो छि-यो । बेदना खटाइरहीन, थुन्न खोजीरहीन आवाज । मेरो आठबर्षिय दाजुले थाहा पायर होला आमाले आज किन यसो गरीन?  उ ऊठ्यो र निद्रामा मन नलागी नलागी रोयो कसैको गुहार पाउन सायद ठुलो स्वरमा । आमालाई पत्तो समेत भएनकी उ रोइरहेको छ । उनीत मुखका छालालाई खुम्च्यायर सरीरलाई बटार्दै थिईन पिडा कम हुने आषमा । उनको ठुलो निधारमा गाँठा र पसिनाको चलखेल चलीरहेकै थियो । आमाको यो डरलाग्दो रुपलाइ महसुस गरेरहोकी दाजु झनै आत्तीयो र मुलओच्छयान बाट उठेर आँगनमा आयो र चिच्याउन थाल्यो कहालीदै । जसको कारण दीदीहरु को पनी निद्रा खुल्यो र रुवाई तेब्बर बन्यो । दाजु दीदीहरु र आमाको ।


कान छोपेर सुत्न सक्ने मेरा छिमेकी हरुमध्य एक हजुरआमा दयालु निक्लीइन र उक्लिइन मेरो घरतीर । कतै देखी आँउदै गर्नुभएको बुवाले समेत चालपाउनु भयो सायद आवाज र पाइलाको गती बढ्यो । अँध्यारोमा लड्नुभयोहोला कतै । जब उहाँ आँगनमा आउनुभयो , ती छिमेकी हजुरआमा पनी बाटोछाम्दै आई पुगेकी थिईन । अँध्यारोले देखेनन के हुदैछ भन्ने । मात्र सुने स्वर र अनुमान गरे सायद । बुवा हतार हतार भित्र छिर्नुभयो । कुनै दबाई या मसीकौ सिसी भित्र मट्टीतेल राखेर , बिर्कोलाई छेडी पुरानो कपडाको एक भाग बटारेर बाती बनाईएको टुकी बाल्नका लागी सलाई खोज्नु भयो तर पाईएन । तार-तार चुरोट खाईराख्ने आमाको धरो को फेरोमा कोचीएको थियो त्यो । आमा यसबेला न्वारान देखीको वल लीएर आवाजलाई अन्तीम बनाउँदै थिईन । तर पनी निसंकचोच टुकीलाई उठाएर बाहीर ल्याउनुभयो । तिनै हजुरआमा संग सलाई माग्नुभयो । उनीपनी चुरेटे नै थिईन । चोलोको तल्लो खप्टने भागको भित्रपट्टीको भागमा एउटा ठिक्क चुरोट र सलाई अट्ने गरीनै डिजाईन गरीएको खल्ती देखी सलाई निकालीन र बट्टा देखी काँटी, त्यसलाई बट्टाको बाहीरी भागमा कोरे पछी त्यो बल्यो, र पिढी उज्यालो बन्यो । बावाको हातको टुकी को बाती जल्यो आमाको चिच्याहाट निभ्यो । र म भुइँमा देखीयँ ।

Comments

Popular posts from this blog

जिन्दगी

चुरोट