जागीर

चरीलाला, ग्याँस अन गर ।
चरीलाल, चिया बसा, आधा कप दुध, आधा कप पानी , चिनी कम ।
हस म्याम ।
चरीलाला चिया कपमा राख म उहाँलाई लग्दीन्छु ।
"प्रिय, खल्लो चिया बिहान बिहानै, के हो यस्तो ?"
चरीलाल, तलाई चिया बनाउननी आउन्न? बिहान बिहानै सर को मुड बिगरिस।
सुनेर चरीलाल दुखी भयो केही बोलेन ।

चरीलाल, कुक्कर ले र आ !
हस म्याम
चरीलाल, चामल राख, पानी राख, ग्याँसमा बसा ।
हस म्याम ।
चरीलाल, दाल बसा, फ्रीजमा जे तरकारी छ राम्ररी पका ।
चरीलाल, खाना टेबलमा राख ।
हस म्याम ।
"प्यारी, खाना स्वादीस्ट छ ।"
अनी म बिहान बिहानै उठेर आफ्नै हातले तपाईका लागी बनाईदिएकोनी ।
छेउमा उभिएको चरीलाल मुसुक्क  हाँस्यो नदेखीने गरी ।

Comments

Popular posts from this blog

जिन्दगी

चुरोट