जिन्दगी



रातभरी झरीले लिथ्रीक्क भिजायो, साझ खाना पनी खानु पाएको होइन । यो सानो झुत्रो पलाष्टिकले कती पो थेगोस । आफुलाइ मानीस बनेर सडकमा जन्मनुमा धिक्कार संझीयो । फेरी कोल्टो फेर्‍यो । झरी पनी हामी जस्तै सडके हरुलाइ पर्छकी क्या हो ? मनको सबै क्रुरता भगवान प्रती थोपर्दै सुशायो अनायासै । आडैमा आफुजस्तै निदाईरहेका अरुलाइ नियाल्यो । सालेहरु हिजो पेटभरी खान पाएका जस्तै छन मनको सानो रोष संग लोभलाइ साँध्यो । मनमनै भनी नसक्दै उसका आँखा नजीकैको कुकुरमा प¥यो । बिना ओडेने मस्त सुतीरहेको थीयो नजीकै घुरी घुरी । हान्नलाइ खुट्टा के उचालेको थियो संझियो सालेको पनी जीन्दगी हो यार, योपनी म जस्तै सडकमै जन्मिीएको त हो ? मनमनै प्रश्न ग¥यो । उसलाइ लाग्यो त्यो कुकुरको जीवन आफ्नो भन्दा कयौँ ज्यादा राम्रो छ । न खानेको चिन्ता न निदाउनेको सुर्ता ।




आज पुरै उज्यालो नहुदै अर्धनिद्रामै उसको दिन सुरु भयो । तर आज केही पृथक लाग्यो दिन, सडक खचाखच थीयो । मान्छे कोचाकोच थिए कुनै जात्रा हुन सक्थ्यो । फेरी संधैझै दैनीक धन्धामा लाग्यो । आजको कमाई अलीक ज्यादा भएकोमा भगवानलाई धन्यवाद दियो । खाना किनेर केही बचायो पनी, खादै थियो एउटा कुकुर ¥याल काड्दै खानाका लोभमा नजीक आयो । एक पुरै लात्ती हान्यो । कुकुर डराएर कराउदै भाग्यो । उसले सोच्यो साले पातकी कुकुरको भन्दा मेरो जिवन कयौ ज्यादा राम्रो छ ।

Comments

Popular posts from this blog

चुरोट