अदल

म त्यस्तै ५,६ मा पढ्दा तीरको कुरा हो एकदिन त्यो समयका बिद्रोही हरुले मेरो गणित शिक्षक लाई मारिदीय । समचार बिद्यालय पुगे पछाडी थाहा पाएँ । स्कुल छुट्टि भयो हामी सबै घरतीर लाग्यौ गाँउ भरी डरले आफ्नो भयंकर रुप लीइसकेको थियो । सबैले हामीतीर बिचराको नजरले हेर्थे । मलाई भने डर भन्दा खुसी धेरै लागेको थियो एकातीर बिदामा पौडीखेल्न जानुको मजा त त्यो भन्दा पनी मर्ने सर अली क्रुर हुनुहुन्थ्यो र म गणितमा कमजोर । त्यसैले म लगाएत धैरैले उहाँलाइ मन पराउन्नथ्यौँ । घरमा आउँदा साथ आमालाई यो खवर सुनाँय । उहाँ बढीनै ब्यग्र हुनुभयो सायद असान्तिको झड्काले मेरो खुसि भन्दा उहाँलाइ पि¥यो होला । मलाई बाहीर नहिड्नु भन्दै उहाँ स्कुल तिरै लाग्नु भयो । मलाई थाहा थियन र छैन पनी की उहाँलाइ मार्नेमा मार्नुको कारण के र को थियो । म भने बदलाको स्वाद चाखी रहेको थियँ ।

मलाइ अझै सम्म थाहा छैनकी म किन दुखी भइन । तर आज छु त्यही कुराको लागी । किनकी म पनी अहीले गणित शिक्षक हुँ र मलाइ डर लागी राख्छ प्रत्यक निक्रोस अनुहार सँग, त्यो दीन म खुसी हुनुको पालो अब यिनीहरु संग र कारक म.....।

Comments

Popular posts from this blog

जिन्दगी

चुरोट