एक प्रेम पत्र मेरी मनकी रानीलाइ

भावना पारी कौषौ टाढा
कि मेरी मनकी पुजारी


इलामको चियाबारी वाट कसरी झुल्कियौ म आफैलाइ थाहा छैन । र पनी किन आफैलाइ अस्तब्यस्त पारी रहेछु । के गर्‍याै आवाजको दुनीयावाट मुटु भित्र छिरेर । छाप छाड्यौ अनी कता हो कता ? पर चिया बगान वाट मुहार नदेखाई तिम्रो मनवाट छुटेका आवाजका समिश्रणतामा टुक्रा टुक्रा सब्दहरुलाइ जोडेर हेरेँ म आफैलै अर्थायथेँ म आउने छु तिमीलाई चिया पकाउनलाई बस त्यती भन्यौ तर सारा लीयौ । खै कता कता बाट ।


जब तिम्रो समिपता पाएजस्तो लाग्थ्यो आफैले आफ्नै खालका सपनाहरु बुनेर बसेँ । सायद म बेठिक पनी हुन सक्छु । तर त्यो म जान्दिन, जानुँ पनी कसरी तिम्रो म प्रतीको सन्देहनै अनबिज्ञतामा जगडियको छ भने । बस आफैलाइ बिरोधभाषमा होतलेर निशन्देह लाचार बन्न निरीह बनीरहेँ । साँच्ची म अहीले पनी पटक पटक मोवाइल थिच्छु उही आवाज दोहरीन्छ । सम्पर्क हुन सकेन । कती निष्ठुरीताले फ्याँक्छु बिवश मोवाइललाइ परतीर ।


अनी बिनु, मत बिवश छु । त्यही प्रक्रिया दोहराउन जुन निर्बिघ्न लादीएका छन म माथी । सायदै म बेठिक हुलाँ र त यो सारा दुर्दसा र पागलपनाको खोल आफैलाई ओडाउन लागीपरेको छु । तर पनी यदी मलाइ जस्तै तिमीलाइ पनी हूदाेहोत, तीमी त सक्थ्यौ नी मलाइ आफ्नो बास्तबिकता ओकेल्न । तर त्यो गरीनौ रत म मन बुझाउनलाइ सुल्झैको छु एकोहोरो बन्दिन भनेर । तर हेरन कसरी थामिन्थ्यो निठुरी मन, फेरी झझल्को का झिल्काहरु अन्तश्करण बाट मथिङगलमा ठोकिदाँ साउने झरी झैँ बर्षन थाल्छ सन्देह, थाहै नपाइकन कता कता बाट फेरी चीमोटिन्छ कल्पना अनीत कसरी रोक्न सक्छु र निश्वासलाई ? तिमि अाफै कल्पना गर कसरी हेर्न सकुँ र पछाडी फर्केर ? कती छचल्कौ आफैलाई निर्बिघ्न लात हानेर । फेरी निर्जीब याे मोबाइल उठाँउछु । थिच्न थाल्छु अंकहरु तर उही आवाज जससंग संधै परीचीत छु तर तिमी होइनौ ।


साँच्चि बिनु , म साेच्छु कसरी छिर्न सक्याै एक जोगीकाे दिनाचार्यामा मा ? एस.एम.एस बनेर भावनाहरु कसरी ओकल्यौ ? तीसारा डोराहरुलाइ संझदा लाग्छ सायद एउटा स्वपनील नाटक थिय ती हाम्रा बिगत। कसरी भन्न सक्यौ जिन्दगीका सारा भोगाइहरु तिमी संग क्रय बिक्रय गर्छु भनेर ? कसरी भन्न सक्यौ प्रेम देखावटीमा मात्र हुन्न भनेर ? अनी कसरी भन्न सक्यौ नदेखीकनै तिम्रो चित्र मुटुमा कोरेँ भनेर । मैलैत भनेकै थिएँ । यसरी आबेसमा पतझर बनेर फाइदा छैन तर फेरी खयरको उदाहरण किन दियौ तिमी ? मत भन्दै थियँ, हावा हाम्रो बाधक बन्छ भनेर फेरी कीन उदाहरण दियौ समुन्द्र पानी र वादलको कथा हालेर । सारा यावत कुराहरु जो सँग मीतेरी खेलायौ जुहारी खेल्यो भावनाको, जितेरै छाड्यौ तीमी हार्न बिवश बनायौ मलाई, अनी बिजय उत्सब कता मनायौ खै थाहा छैन मलाइ । तीमी त भन्थ्यौ हाम्रो शुखद मिलन छिट्टै हुन्छ भनेर तर मलाइ के थाहा त्यो छिट्टै काे लम्बाइ ।


यदी तिमीले पनी खुट्टामा केही अल्झाएरै बिबशता संग जुधौरी खेल्न बाध्य बनेकी हौ भने सोच्छु चियाबगानको माथी डाँडा बाट तल सडकका मान्छे गन्दि हौ म जस्तै । हरीयो कुर्तामा सेतो सल ओडेर निर्दोष मुहार लाइ चोट छोप्न बाध्य पार्दी हौ संगीहरुको सामु यहाँ मैले जस्तै । तर यि वाइयात सोचाइहरुले फेरी तीमी प्रतीको भावनाहरु संग बढवा दिन्छन । थाहा हुँदा हुदै पनी सोच्न बाध्यहुन्छु फेरी निठुरी तिमी थियौ या समय ?


म फेरी अन्धबेगमा अलमलीन्छु चक्रवात जस्तै । तीमीलाई के उदाहरण दिएर म मेराे मनलाइ बुझाउँ । तिमिलाइ थाहा होला साउने झरी र चैते वर्षा को भेद , यो पनी थाहा होलाकी खोला र खहरेको अन्तर अनी यो पनीकी सुर्यमुखी र गुलाफ बिचको भिन्नता । तर मलाइ थाहा छैन कसरी कुन लयमा तिमीलाई गाँउ ? अझै यसरी भनुँ साँच्चि म अभ्यस्ततामा नै जगडिएको छु, थिँए र हुने पनी छु किनकी तीमी आएको छुट्टिएको र गएको बाटो गोरेटो सबै अज्ञात जस्तै प्रभास हुन्छ बस त्यही छाप जो तिमी बोल्यौ, त्यही आषा जो तिमि देखायौ जसलाइ म सपना बनाएँ वस त्यती हो ।


म मा तिम्रो आवाजको तृष्णाले यती भयानक रुप लीदै छ की बिर्षदै छु आफुले आफ्नो बिवशतालाइ, म मा तिम्रो समिपताको सन्देह यती दर्दनाक तवरले घन्कदैछकी बिवश छु आफ्नो कायरतादेखी आफै डराउन मान्छे किन बन्छ सदैव सागर र पत्थर त्यहाँ नत पत्थर गल्छ नत सागर थाक्छ छाल उठाउन ।
 क्रमस..........

Comments

Post a Comment

Popular posts from this blog

जिन्दगी

चुरोट