जब म सानो थिए
मलाइ हावामा उडाउँदै
मेर बुवा भजन भन्नु हुन्थ्यो
र पनी म फुल्लीन्थेँ
र मेरो अनुहारको मुस्कानका लागी
आमालाइ नाच्न भन्नुहुन्थ्यो ।
त्यो नाच अहीलेसम्म रोकिएन,
फरक मात्र
पहीले मेरा मुस्कानका लागी
त्यसपछी निधारका गाँठाका लागी
र अहीले मेरा सपनाका लागी
र पनी नाच्दै गर्नु भएको छ ।


जब म सानो थिएँ,
मेरो दाजु,
मलार्इ घाँसको भारीमाथी राखेर,
भन्ने गर्नुहुन्थ्यो
जब तँ ठूलो हुनेछस, यो भारी आधा हुनेछ ।
तर उहाँको
भाग्य मात्र आधा बन्यो
नत नाम्लोको बोझ घट्यो
नत मेरो तौलनै
तर पनी त्यो भारी बोक्दै गर्नुभएको छ ।


जब म सानो थिए,
मेरी आमा
मलार्इ,
काँखमा लिएर
आफ्नो आखाको नानी भित्र
मेरो तस्बिर देखाउनुहुन्थ्यो
अहीले छिपाउनुहुन्छ अाँखा
तरपनी म देख्छु
मेरो ठाँउमा
अाँसुले ठाँउ लीएको
जब म सानो थिएँ
तन्नेरी बुवा आमाको
बुढेसकालको साहारा थिएँ
अहीले
मैले आफ्नै लागी खोज्दैछु
बुढेसकालको
साहारा ।।।।।।।।।।।।।।।।।।।।।।।।।।

Comments

Popular posts from this blog

जिन्दगी

चुरोट